Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गायक योगेश्वर आमात्यको जग्गा धितोमा राखेर १९ करोड ऋण निकालिएको प्रकरणमा दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा ललितपुरका उवीन्द्रराज शाक्य र शोभा शाक्य रहेका छन्। लिखतसम्बन्धी कसुरको अनुसन्धानका क्रममा बिहीबार जावलाखेलबाट उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिएका छन्।

विल्वा भूमि वन प्रालिको नाममा दर्ता भएको बारा विश्वम्भुर गाविस वडा नं ४, कित्ता नम्बर १०६९ को १२ विगाह जग्गाका किर्ते कागजातहरू तयार गरी डेनियल ट्रेडिङ कम्पनी प्रालिको नाममा राजीनामा पास गरिएका कागजातको आधारमा कुमारी बैंकबाट ऋण लिएको पाइयो। २०७८ साउन ११ गते पारित भएको रजिस्ट्रेसन नम्बर १२०५ रहेको लिखतबाट उक्त जग्गा हक हस्तान्तरण गरिएको देखाइएको थियो।

कुमारी बैंकको न्युरोड शाखामा धितो राखेर १९ करोड ऋण लिइएको यो प्रकरणमा सरकारी वकिलले बैंकिङ कसुरको मुद्दा चलाउन अस्वीकार गरेका थिए।

तपाईको प्रतिक्रिया