Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

क्यानले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन असमर्थता जनाएको उल्लेख गरेको छ । जेठ ९ गते पहिलोपटक भिसा अस्विकृत भएपछि दोस्रोपटक सन्दीपले अन्तर्वार्ता दिएका थिए । तर, बिहीबार पनि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको हो ।

सन्दीपको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल हुँदासमेत दूतावासले भिसा नदिएको क्यानका महासचिव पारस खड्काले जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया