Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसँग खेल्दैछ । नेपाली समय अनुसार खेल दिउँसो १:४५ बाट शुरू हुनेछ। खेल दक्षिण अफ्रिकाको बफेलो पार्क मैदानमा हुनेछ। आजको खेलमा नेपाल र न्यूजिल्याण्ड दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छन् । नेपाल देव खनालको कप्तानीमा मैदान उत्रने छ भने न्यूजिल्यान्डको कप्तानी अस्कर ज्याकशनले गर्नेछन्।

हालसम्म नेपाल र न्यूजिल्यान्डको यू-१९ टोली दुई पटक आमनेसामने भएका छन्। दुवै पटक नेपाल विजयी भएको छ। फेब्रुअरी १८, २००६ मा कोलम्बोमा भएको यू-१९ विश्वकपको प्लेट फाइनल खेलमा नेपालले न्यूजिल्यान्डलाई एक विकेटले हराएको थियो। यसपछि जनवरी २८, २०१६ मा यू-१९ विश्वकपकै समूह चरणको खेलमा नेपालले न्यूजिल्यान्डलाई ३२ रनले हराएको थियो।

नेपाल र न्यूजिल्यान्ड दुवै यो संस्करणको विश्वकपमा समूह ‘डी’मा छन्। यो समूहमा अफगानिस्तान र पाकिस्तान पनि छन्। नेपालले दोस्रो खेल माघ १० गते बुधबार पाकिस्तान विरुद्ध खेल्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ गते शुक्रबार अफगानिस्तान विरुद्ध खेल्नेछ। प्रतियोगितामा कुल १६ टोली सहभागी छन्।

तपाईको प्रतिक्रिया