Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्यानचेस्टर युनाइटेड वेस्टहाम युनाइटेडसँग पराजित भएको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा वेस्टहामले म्यानचेस्टर युनाइटेडलाई २–० गोल अन्तरले हरायो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा घरेलु टोली वेस्टहामले उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर युनाइटेडलाई पराजित गर्‍यो। ७२ औं मिनेटमा बोवेनले गोल गर्दै वेस्टहामलाई अग्रता दिलाएका थिए।

७८औं मिनेटमा कुडुसले गोल गरेपछि वेस्टहाम २–० गोल अन्तरले विजयी भयो। जितसँगै वेस्टहाम १८ खेलबाट ३० अंकका साथ छैटौं स्थानमा उक्लियो। म्यानचेस्टर युनाइटेड १८ खेलबाट २८ अंकका साथ आठौं स्थानमा छ।

प्रिमियर लिगकै अन्य खेलमा बर्नलीले फुलहामलाई २–० गोल अन्तरले हरायो। न्युक्यास्टल लुटन टाउनसँग १–० गोल अन्तरले पराजित भयो। बर्नमाउथले नटिङहाम फरेस्टलाई ३–२ गोल अन्तरले हरायो।

तपाईको प्रतिक्रिया