Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – आजबाट जि २० सम्मेलन भारतको दिल्लीमा सुरु भएको छ। जि २० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरु कार्यक्रममा सहभागी छन्।जि २० सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ। आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन्। २० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन्।

जि २० मा १९ देश र एउटा युरोपीयन संघ आवद्ध छन्। अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स , जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका रहेका छन्।

सो अवसरमा कार्यक्रमस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जि २० देशका अन्य सदस्यहरुलाई स्वागत गरे। साथै उनले मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे। त्यस्तै उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए।

 

तपाईको प्रतिक्रिया