Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – पोर्चिगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले अरब कप च्याम्पियन्स लिगको उपाधि जितेको छ। नेपाली समयअनुसार शनिबार राति भएको खेलमा नासरले अल हिलाललाई २–१ गोलले हराउँदै उपाधि जित्यो। नासरको जितमा रोनाल्डो नायक बने। उनकै २ गोलको मद्दतमा नासले अरब कप च्याम्पियन्स लिगको ट्रफी उचाल्यो। १–० ले पछि परेको खेलमा उत्कृष्ट कमब्याक गर्दै नासरले २–१ को नतिजा निकाल्यो।

खेलको ५१औं मिनेटमा मिचेलले गोल गर्दै हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए। ७१औं मिनेटमा अबुदल्लाह अल अमारी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नासर १० खेलाडीमा सीमित भएको थियो। लगत्तै ७४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ९० मिनेटसम्म बराबरीमा सकिएपछि ३० मिनेट थप गरिएको गियो। जहाँ पुन: रोनाल्डोले गोल गर्दै नासरलाई उपाधि दिलाए। साउदी गएपछि रोनाल्डोको यो पहिलो उपाधि हो।

 

तपाईको प्रतिक्रिया