Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – केही बेरअघि सम्पन्न लिग्स कप अन्तर्गतको खेलमा इन्टर मियामी विजयी भएको छ। मियामीले ओर्लान्डो सिटीलाई ३-१ गोलअन्तरले पराजित गरेको हो। जितसँगै मियामी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ। मियामीको जितमा अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले दुई गोल गरे। उनको शुरूमा खेलको सातौं मिनेटमा उत्कृष्ट भली गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। त्यसपछि ७२औं मिनेटमा पुनः गोल गरेका थिए।

योसँगै मेस्सीले मियामीका लागि तीन खेलमा पाँच गोल गरिसकेका छन्। यस्तै, जोसेफ मार्टिनेजले मियामीका लागि एक गोल गरे। उनले ५१औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए। ओर्लान्डोका लागि सिजर आराउजोले १७औं मिनेटमा एक गोल गरेका थिए। त्यसपछि ‌ओर्लान्डोले दोस्रो हाफको थप समयमा गोल गरे पनि अफसाइड भएको थियो। इन्टर मियामीले अन्तिम १६ अन्तर्गतको खेल अगस्ट ६ मा एफसी डेलस विरुद्ध खेल्नेछ।

 

तपाईको प्रतिक्रिया