Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। जिम्बाब्वेमा भएको १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहँदै स्वदेश फर्किएको हो। प्रतियोगितामा श्रीलंका र नेदरल्यान्ड्सले एकदिवसीय विश्वकपमा स्थान बनाएका थिए। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई हराएको थियो। प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्गयाएको थियो।

शुक्रबार त्रिभुवन विमानस्थलमा उत्रिएको नेपाली टिमका कप्तान रोहित पौडेलले ठुलो आत्माविश्वाससहित जिम्बाब्वे पुगेको भएपनि सोचेजस्तो नतिजा ल्याउन नसकेको बताए। उनले भने,’हामीले सोचेजस्तो रिजल्ट ल्याउन सकेनौँ, तर हामीले बलिया राष्ट्रसँग खेल्दै अनुभाव हासिल गरेका छौँ। उनले थपे,’हामीले निरन्तर खेल्न पाएमा उनीहरूलाई बिट गर्न सक्छौँ।’ रोहितले तुलनात्मक रूपमा आयरल्यान्डसँग जित नजिक पुगेर हारेको बताए।

 

तपाईको प्रतिक्रिया