काठमाडौं – नेपाल आयरल्याण्डसँग पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफको फाइनलमा आयरल्याण्डले नेपालमाथि २ विकेटको जित हासिल गरेको हो ।
नेपालले दिएको २६९ रनको लक्ष्य पछाएको आयरल्याण्डले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको थियो ।
यो जितपछि आयरल्याण्ड विश्वकप क्वालिफायरमा सातौँ भएको छ भने नेपाल आठौँ भएको छ ।








