Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बजेटको प्राथमिकतामा खेलकुद क्षेत्र नपरेको बताएका छन्। उनले चालु आर्थिक वर्षको भन्दा पनि घटेर बजेट आएको बताए।मन्त्री लिम्बुले भने, ‘यसले के देखाउँछ भने यो मन्त्रालय अझै पनि प्राथमिकतामा पर्न सकेको अवस्था छैन। यो मन्त्रालय आकर्षक बनाउन के गर्नुपर्ला? के गर्दा यो मन्त्रालय सरकारको प्राथमिकतामा पर्छ? त्यो ढंगले काम गर्नुपर्छ भन्ने मलाइ लाग्छ।’

खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गर्ने उनको दाबी छ। सरकारले मात्रै खेलकुदमा लगानी गर्न नसक्ने उनले बताए।मन्त्री लिम्बुले भने, ‘सरकारले मात्रै सबैथोक गर्न सक्दैन। प्राइभेट क्षेत्रलाई हामीले समेट्न सकेनौँ भने हामी अगाडि जान सक्दैनौँ।’खेलको माध्यमबाट संसार जित्न सकिने उनको भनाइ छ। खेलकुदको क्षेत्रमा काम गर्ने पदाधिकारी इमान्दर ढंगले लाग्न जरुरी रहेको बताए। मैदानमा ढुक्क भएर खेल्न सक्ने बनाउन खेलाडीका लागि छुट्टै बीमाकाे व्यवस्था हुने मन्त्री लिम्बुले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया