Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार सम्पन्न एफए कपको फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इके गुनडोगनले दुवै गोल गरेका थिए भने म्यानचेस्टर युनाइटेडका लागि एक गोल ब्रुनो फर्नानडेजले फर्काएका थिए । म्यानचेस्टर सिटीले योसहित सातौं पटक एफए कपको उपाधि जितेको छ । पछिल्लो पटक सिटीले यो उपाधि २०१९ मा जितेको थियो ।

एफए कपको उपाधि सबैभन्दा बढी पटक जित्ने क्लब भने आर्सनल हो । आर्सनलले अहिलेसम्म १४ पटक यो उपाधि जितेको छ भने म्यानचेस्टर युनाइटेडले यो उपाधि १२ पटक जितेको छ । युनाइटेडले पछिल्लो पटक २०१६ मा यो उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया