काठमाडौं – सरकारले कीर्तिपुरको त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गरिने योजना बनाएको छ । सोमबार दुवै सदनको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यो मैदानलाई अन्तराष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गरिने विषय समेटिएको हो ।
यो मैदानमा फ्लड लाइट राख्ने कार्य सम्पन्न गरिने बजेटमा उल्लेख रहेको छ । चालु आर्थिक वर्षको बजेटमा पनि फ्लड लाइट राख्ने व्यवस्था भए पनि सो काम सुरु हुन सकेकाे छैन् । तर सरकारले अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गर्ने महत्वकांक्षी याेजना सार्वजनिक गरेको हो ।
सरकारले क्रिकेटमा थप लगानी गर्ने भएको छ । मुलपानी क्रिकेट रंगशालाको निर्माण सम्पन्न गरिने बजेटमा उल्लेख रहेको छ ।








