Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस् ;

काठमाडौँ – म्याराडोनाको युगपछि पहिलो पटक नेपोलीले इटालियन लिगको उपाधि जितेको छ। युभेन्ट्स र मिलानको आधिपत्यलाई तोड्दै नेपोली ३३ वर्षपछि इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको हो। यो नेपोलीको तेस्रो लिग उपाधि हो। यसअघि नेपोलीले अर्जेन्टीनाका विश्व स्टार खेलाडी डिएगो म्याराडोना टिममा रहँदा सन् १९८७ र १९९० मा लिग उपाधि जितेका थियो।

यसपछि भने युभेन्ट्स तथा एसी मिलान र इन्टर मिलानले मात्र लिग उपाधिमा कब्जा गर्दै आएका थिए।गए राति भएको खेलमा उडिनेससँग १–१ गोलको बराबरी खेल्दै नेपोलीले ५ खेल अगाडि नै लिग उपाधि पक्का गर्यो।यो बराबरी पछि ३३ खेलबाट ८० अंकका साथ नेपोलीले दोस्रो स्थानमा रहेको लाजियोमाथि १६ अंकको अग्रता कायम गर्दै लिग उपाधि जितेको हो। गए राति भएको खेलको १३औं मिनेटमा लोभरिकले घरेलु टोली उडिनेसलाई अग्रता दिलाए पनि ५२ औं मिनेटमा ओसिमहेनले बराबरी गोल गरेका थिए।

 

तपाईको प्रतिक्रिया