Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ । टस जितेर बलिङ रोजेको नेपालले युएईविरुद्ध सानदार​ बलिङ गरेको हो । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालको कसिलो बलिङसामु युएईले सुरुआतमै महत्वपूर्ण चार विकेट गुमाएको छ । नेपालका लागि करण केसीले दुई, सोमपाल कामी र ललित राजवंशीले एक/एक विकेट लिए ।

यो समाचार तयार पार्दासम्म युएई १० ओभरमा चार विकेट गुमाउँदै ३५ रन बनाएर खेलिरहेको छ । घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ। यूएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्ने योजनामा छ।शनिवार भएको खेलमा नेपाल कुवेतलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो । आजको खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।

 

तपाईको प्रतिक्रिया