Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस् :

काठमाडौं – एसीसी पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कतारले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। प्रतियोगितामा एउटा पनि जित निकाल्न नसकेको कतार नेपाललाई हराएर सुखद् ‘अन्त्य’ गर्न चाहन्छ। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल भने कतारलाई हराएर समूह विजेता बन्ने लक्ष्यमा छ।

समूह ‘ए’बाट समिफाइनल पुग्ने टोलीको टुंगो लागिसकेको छ। नेपाल ३ खेलमध्ये २ खेलमा जित र एउटा खेलमा अंक बाँड्दै ५ अंकका साथ १ खेल अगावै सेमिफाइनल पुगिसकेको थियो। यस्तै, ओमान ४ खेलमध्ये ३ खेलमा जित र १ मा बेहोरेर ६ अंकसहित सेमिफाफाइनल पुगिसकेको छ।

बिहीबारको खेलमा कतारलाई हराएर नेपाल समूह विजेता बन्ने छ। कतारलाई हराए नेपाल समूह विजेताको रुपमा ७ अंकका साथ सेमिफाइनलमा पुग्नेछ। कतारसँगको खेलमा पराजित भए पनि नेपाल समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्ने छ। १० टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन्। समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनल पुगिसकेका छन्।

समूह ‘बी’मा यूएई, हङकङ, कुवेत, बहराइन र सिंगापुर छन्। समूह ‘बी’बाट यूएईले सेमिफाइनलमा स्थान बनाइसकेको छ। ४ खेलमा ३ जित र १ हार बेहोरेर ६ अंकका साथ यूएईले सेमिफाइनल यात्रा तय गरेको हो।

समूह ‘बी’बाट सेमिफाइलन पुग्ने अर्को टोलीको टुंगो आज (बिहीबार) हुने खेलले लाग्नेछ। समूह ‘बी’अन्तर्गत आज हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। हङकङले पनि टस जितेर कुवेतविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। हङकङ र कुवेतबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुँदैछ।

 

तपाईको प्रतिक्रिया