Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ओडिआई इतिहासमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्ने खेलाडी बनेका छन् । एसिसी प्रिमियर कपमा ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

सन्दीपले १३ औं ओभरको तेस्रो बलमा शफिकलाई १३ रनमा एलबीडब्लू आउट गर्दै उक्त दुर्लभ कीर्तिमान कायम बनाएका हुन् । सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरेका छन् । सन्दीपले ओडिआईमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको कीर्तिमान तोडेका हुन् । राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

तपाईको प्रतिक्रिया