Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – क्रिकेटर सन्दिप लामिछाने विरुद्ध परेको जवर्जस्ती करणी मुद्दा फैसलाको लागि न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा उक्त मुद्दाको पेसी तोकिएको हो।

न्यायाधीश घिमिरेले नै सन्दीपविरुद्ध थुनछेक आदेश गरेका थिए। गत कात्तिक १९ गते घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

पछि जिल्ला अदालतको आदेश उच्च अदालत पाटन र सर्वोच्च अदालतले बदर गरेको थियो । उच्च अदालतले सर्तसहित धरौटिमा रिहाई गरेकोमा सर्वोच्च अदालतले उनलाई लागेको बिदेश प्रतिवन्ध पनि हटाउन आदेश दिएको थियो ।

 

तपाईको प्रतिक्रिया