Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज (बिहीबार) यूएईसँग आफ्नो अन्तिम तथा महत्वपूर्ण खेल खेल्दैछ। यूएईसँग जित निकाल्न सके नेपाल जिम्बाब्वेमा हुने ‘विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर’ मा सिधै छनोट हुनेछ। लिग २ को अन्तिम शृङ्खलाअन्तर्गतका सबै खेलहरुमा अविजित रहेको नेपाल सोही नतिजा दोहोर्‍याउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

दुई देश बीचको खेल बिहीबार बिहान ९:३० बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ। लिग २ को ३ शीर्ष टोली ३ महिनापछि ‘विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर’मा छनोट हुनेछन्। स्कटल्यान्ड ५० अंक र ओमन ४४ अंकसहित शीर्ष दुई स्थानमा रहँदै विश्वकप क्वालिफायरका लागि छनोट भइसकेका छन्।

तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालको ३८ अंक छ। बिहीबारको खेलमा यूएईसँग जित हात पारे नेपालले २ अंक पाउनेछ। यूएई ३३ अंकका साथ छैटौं स्थानमा छ। ३५ अंकसहित अमेरिका पाँचौ स्थानमा छ। अमेरिकाले लिग २ का सबै खेल खेलिसकेको छ। यूएई र नेपाल बिहीबार अन्तिम खेल खेल्न लागेका हुन्।

 

तपाईको प्रतिक्रिया