Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौँ  नेपाली क्रिकेट टोली क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेल्न आज साँझ यूएई जाँदैछ। साँझ पाँच बजेको फ्लाइटबाट नेपाली टोली यूएई प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

युएई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय टोली समेत घोषणा गरिसकेको छ। टोलीमा नाबालिक बलात्कारको अभियोग ब्यहोरिरहेका पूर्वकप्तान सन्दीप लामिछाने समावेश छैनन्। टोलीमा प्रतिस जिसी, श्याम ढकाललगायतका नयाँ अनुहारले अवसर पाएका छन्।

शुक्रवार सर्बोच्च लामिछानेले विदेश जान पाउने सुनुवाईमा थप निवेदन माग गरेको थियो। आइतबार अदालतको निवेदन माग गर्ने आदेश दिएको छ। सर्वोच्च अदालतमा न्यायधीश ईश्वरप्रसाद खतिवडाको इजलासले थप निवेदन माग गरेको हो। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

तपाईको प्रतिक्रिया