Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले आईसीसी विश्वकप लिग२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्।

खेलाडीहरूलाई बधाई दिँदै उनले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिन स्वीप गर्नुभएको छ, यो देशकै गौरवको विषय हो।

तपाईंहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रति खेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु,’ उनले थपे।

तपाईको प्रतिक्रिया