Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेपालले नामिबियामाथि शानदार जित निकालेको छ । २७५ रनको लक्ष्य पछ्याएको नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो ।

नेपालको जितमा ओपनर आसिफ शेख, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लको ब्याटिङको मुख्य भूमिका रह्यो । शेखले ९८ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ८१ रन बनाए । यस्तै, मल्लले ७४ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ६५ रन बनाए ।

यस्तै, कुशलले ४९ बलमा ६ चौका र चार छक्काको मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेलले ४३ बलमा पाँच चौकाको मद्दतमा ३९ रन बनाए । त्यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले ६ विकेट गुमाएर २७४ रनको योगफल खडा गरेको थियो ।

याेसँगै आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि लगातार दोस्रो जित हासिल गरेकाे छ । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया