Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – जापानका लागि स्पेन विरुद्धको जित ‘फूटबल चमत्कार’ का रुपमा सावित भएको छ । जुन चमत्कार विश्वका धेरै फूटबलप्रेमीले अझै पत्याउन सकेका छैनन् ।

समूह चरणको अघिल्लो खेलमा कोस्टारिकासँग हार बेहोरेपछि धेरैजसो जापानी फूटबलप्रेमीले कतार विश्वकपबाटै बाहिरिने आकलन गर्न थालेका थिए । तर, खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा मंसीर १५ गते राति भएको खेलमा सन् २०१० को विश्वकप विजेता स्पेनलाई २-१ ले पराजित गर्दै जापान अन्तिम १६ मा पुगेको छ । आगामी खेलमा जापानले सन् २०१८ को उपविजेता टोली क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

जापानको जितलाई कतिपय खेलकूद विश्लेषकले भाग्यले साथ दिएको भनिरहेका छन् । कतिपयले जापानको दोस्रो गोललाई विवादका रूपमा लिइरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले स्पेनले लापरबाहीकै कारण जापानसँग हार बेहोर्नुपरेको विश्लेषण गरेको छ । स्पेनले जापानसँगको खेललाई सामान्य रूपमा लिएको देखिएको थियो। त्यसैको फाइदा उठाउँदै जापानले समूह चरण पार गरेको छ ।

स्पेनका लागि अलभारो मोराटाले पहिलो हाफको ११ मिनेटमै गोल गरेका थिए। त्यो समयमा जापानलाई पराजित गर्न स्पेनले पर्याप्त मौका पाएको थियो । फूटबलको विश्लेषण र तथ्याङ्क राख्ने ओप्टाका अनुसार, रोड्री (११५) र पाउ तोरेस फरान टोरेस (१०९)ले खेलको पहिलो हाफमा धेरै पास गरेका थिए, जुन जापानको पूरै टीमले ८९ पटक मात्र गरेको थियो ।स्पेनका लागि जापान विरुद्धको एक गोलको अग्रता काफी नै थियो, तर स्पेन खासै रक्षात्मक देखिएन। यही कमजोरीका कारण जापानी खेलाडी रित्सु डोन र काओरु मितोमाले ६ मिनेटमै खेललाई उल्टाए। यसैबाट जापान समूह ‘ई’ को पहिलो स्थानमा पुग्यो । यो जितसँगै जापान समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । यही समूहमा रहेको जर्मनी कोस्टारिकासँगै विश्वकपबाट बाहिरिएको छ ।

द एथ्लेटिकका अनुसार, सन् १९९८ देखि २०१० सम्म जापानको विश्वकप टीममा पाँच जनाभन्दा बढी विदेशमा खेल खेलेका खेलाडी नै थिएनन् । सन् २०१४ मा भने विदेशी क्लबमा खेल्ने खेलाडी १२ जना पुगेका थिए । त्यस वेलादेखि जापानले खेलमा राम्रो गरिरहेको छ। विश्वका उत्कृष्ट फूटबल लिगले यसबारे मनन गरिरहेका छन् ।

जर्मनीसँगको जितपछि जापानी टोलीले जित्नका लागि जे पनि गर्न सक्ने सन्देश दिएको थियो । जापानी खेलाडीले धेरै रणनीतिक ‘फाउल’ खेलेका थिए । जापानको १४ र जर्मनीको ६ ‘फाउल’ ले के देखाउँछन् भने जापान पहिलो हाफमा जे आवश्यक छ, त्यही गर्ने र दोस्रो हाफमा भने प्रशिक्षक मोरियासुले बनाएको योजना कार्यान्वयनमा लाग्छ । –हिमालखबरबाट

तपाईको प्रतिक्रिया