Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडाैं – चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा एकमत छैन । माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी गठबन्धन कायम गर्न चाहन्छन् । तर, कांग्रेसभित्रै चुनावी तालमेलका विषयमा मतभेद छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा चुनावी तालमेलको पक्षमा छन् भने संस्थापनइतर एक्लै चुनावमा जानुपर्ने अडानमा छ ।

वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा गठबन्धनभित्र चुनावी तालमेलको विषय तीव्र बहसको विषय बनेको छ । शीर्ष नेताहरु चुनावी तालमेल गर्न एकमत देखिन्छन्। तर, अहिलेसम्म संस्थागत निर्णय हुन सकेको छैन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गर्छन् । ‘आगामी निर्वाचनमा हामी मिलेरै जाने हो, सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ, त्यहाँ मिल्ने हो,’ आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी तालमेलबारे नेपालले बताए ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकमा चुनावमा गठबन्धन हुने र प्रतिगमनलाई परास्त गर्ने बताएका थिए । चुनावी तालमेललाई लक्षित गरेर तयारी थाल्न केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया