Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

इक्वेडर – जुलियो सिजर मोरा र उनकी श्रीमती वाल्ड्रामिना म्याक्लोभिया क्विन्टरोस ७९ वर्ष देखि वैवाहिक बन्धनमा रहदै आएका छन् । उनीहरुको विवाह मात्र दीर्घायु होइन, दुवैले जीवनको थुप्रै बसन्त पार गरिसके ।

जुलियो एक सय दश वर्षका भए भने उनकी श्रीमती अक्टोबरमा एक सय पाँच वर्ष पुग्दै छिन् । उनीहरुको सयुक्त उपलब्धि, दुई सय १४ वर्ष, तीन सय ५८ दिन लामो सम्बन्धले विश्वको सबै भन्दा अधिक वर्ष वैवाहिक सम्बन्ध जोगाउने जोडी भएका छन् ।

गिनीज वर्ल्ड रेकर्डमा उक्त जोडीको नाम दर्ता भएको छ र विश्वको सबै भन्दा धेरै वर्ष वैवाहिक सम्बन्धमा रहेका वृद्ध जोडीको उपाधिले सम्मन गरिएको छ ।

मोरा सन् १९१० को मार्च १० मा जन्मिएका हुन् । क्विन्टरोस सन् १९१५ को अक्टोबर १६ मा जन्मिएकी हुन् । उनीहरुको भेट विद्यालयको छुट्टिमा भएको थियो, पहिला उनको बहिनी को विवाह मोराको भाई संग भएको थियो ।

उनीहरु एक वर्षसम्म साथीको रुपमा रहे र सन् १९४१, फेब्रुअरी ७ मा जीवनसाथी बने । उनीहरुको विवाह साथीभाई र अभिभावकको रुपमा रहेका आफन्तको उपस्थितिमा भएको थियो । दुवैको परिवारले विवाहको लागि सहमति जनाएका थिएनन् । मोरा र क्विन्टरोसको अनुसार, आफन्तहरुले शुरुमा विवाहको विरुद्धमा उत्रेका थिए तरपनि उनीहरुको प्रेमले विवाह वर्षौ सम्म टिक्यो ।

उनीहरु भन्छन्, “ परिवारको सबै भन्दा बलियो पक्ष भनेको प्रेमको सहमति, आपसी सम्मान, इमान्दारीपूर्वक काम, उचित शिक्षा हो, जसले पारिवारिक मूल्यमान्यतालाई स्वास्थ्य वातावरणमा कायम राख्दछ ।” उनीहरुको पाँचवटा बच्चा छन्, सबै विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका छन् । जसबाट ११ वटा नातिनातिना र २१ वटा पनाति-पनातिनीहरु छन् भने सबै भन्दा ठुलो छोराको ५८ वर्षको उमेरमा मृत्यु भयो ।

दुवैले सेवानिवृत्ति हुने समय सम्म शिक्षण पेसा अपनाएका थिए । छोरी औरा सेलिसियाको अनुसार, उनीहरुलाई सिनेमाघरमा फिल्म हेर्न जान निकै मन पर्छ । दुवैजना संगै बगैंचामा हेरचाह गर्न र ठुलो परिवारमा भेटघाट र खानाको कार्यक्रममा रमाउने गर्दछन् । अहिले उनीहरु कोरोना महामारीको कारण आफ्नो परिवारका सदस्यसंग भेट गर्न असमर्थ छन् र छिट्टै परिवारको भेटघाटको लागि प्रतीक्षामा छन् ।

तपाईको प्रतिक्रिया