Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौँ – यो दाह्री पाल्ने मानिसहरुको लागि नराम्रो र दुखद समाचार हुनसक्छ । तर वैज्ञानिकहरुले कुकुरको शरीरभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु तथा जीवाणु हुने तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भन्ने अध्ययन गरेका थिए।

अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो। त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि किटनासक र हानिकारक भएको जनाइएको छ। तर आश्चर्य कुकुरहरुको शरीरमा मानिसको दाह्रीमा हुने खतरनाक जीवाणुभन्दा कम संख्यामा त्यस्ता जीवाणु भेटिए।

१८ मानिस र ३० कुकुरमा यस अध्ययन गरिएको थियो। १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरु अध्ययनमा समावेश थिए। स्वीजरल्यान्ड हिर्सल्यान्डेन क्लिनिकका प्राध्यापक आन्द्रेस गटजेटले भने, ‘अध्ययनले कुकुरको शरीर तथा रौंमाभन्दा मानिसको दाह्रीमा बढी घातक जीवाणुको संख्या र मात्रा भेट्यो।’

तपाईको प्रतिक्रिया