काठमाडौं – चर्चित गायिका गौरी भट्ट र नव गायक प्रमोद पहारीको स्वरमा रहेको लोक देउडा गीत ‘निर्गुनी पराया भैई गैई…’ सार्वजनिक भएको छ । माया प्रेममा हुने मिलन बिछोडलाई मार्मिक शब्दमार्फत गीतमा बोलिएको छ ।
जय प्राप्ती म्युजिक प्रालीले बजार ब्यवस्थापन गरेको गीतमा शब्द तथा संगीत जय शकर बि.सी.को रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन जयराज भट्ट तथा शान्ति कठायतले गर्नु भएको हो भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धिताले गर्नुभएको छ ।
म्युजिक भिडियोमा दीपक आर. एल., मुस्कान तामाङ, अशोक केसी, प्राप्ती भट्ट र दिपर्शन आलेको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको दृश्य निर्माण पनि जय प्राप्ती म्युजिक प्रालीले नै गरेको हो ।








