Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता महेन्द्र यादवले संसद सञ्चालन नियामावली तदर्थ चलाउनु राम्रो नभएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘नियामावली चाँडै नै सहमतिमा पारित गर्नुपर्छ, सबैको सहमतिमा पारित गर्ने समझदारी भएको छ, तर बहुमतमा पारित गर्दा यसले नकारात्मक असर गर्छ ।’

सरकारले ल्याएको बजेटबारे मुख्यमन्त्रीहरुले नै असन्तुष्टि पोखेको बताउँदै नेता यादवले भन्नुभयो, ‘नेकपाकै मुख्यमन्त्रीहरुले बजेटबारे असन्तुष्टि जनाएका छन्, यसले गर्दा थाहा हुन्छ, बजेटको पक्ष वा विपक्षबारे बुझ्न सजिलो हुन्छ ।’ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले बजेट संविधान र संघीयताको मर्म र भावना विपरित रहेको आरोप लगाउनुभयो ।

यादवले सरकारले आफ्ना कार्यकर्ताहरुको भरणपोषण् गर्नको लागि बजेट ल्याएको पनि गम्भिर आरोप लगाउनुभयो । वर्तमान सरकारले क्रान्तिकारी र सामाजिक रुपान्तरणको चर्को कुरा गरेपनि समाजलाई नै बजेटले बिर्सिएको उहाँको गुनासो छ । बजेटले महँगी बढाएको भन्दै उहाँले बजेटलाई संशोधन गर्नुपर्ने माग समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया