Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – सांसद विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट समृद्ध नेपाल, सुखी नेपाली र समाजवाद प्रमुख आधार उन्मुख भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले यथार्थमा आधारित भएर बजेट आएको भन्दै बजेटले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी आवमा बजेट आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ठीक स्थानमा राख्ने लक्ष्य लिएको भन्दै उहाँले बजेटले समृद्धिको बाटो पहिल्याउने बताउनुभयो । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले कर प्रणालीको सुधार र रोजगारी वृद्धिलगायतका कार्यक्रम समेटेको भन्दै पूर्वाधारको विकासमा पनि बजेटले विशेष जोड दिएको स्पष्ट पार्नुभयो ।

बजेट कार्यान्वयनमा शंकाः गच्छदार
नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विगतमा काँग्रेसले लिएको आर्थिक नीतिले देशको आर्थिक आधार तयार गरेको दाबी गर्दै सदनमा प्रस्तुत बजेटमा नयाँ विषय नभएको बताउनुभयो । परिवर्तित सन्दर्भमा सरकारले प्रस्तुत गरेको बजेटले ठूलो सम्भावना किटान गर्न सक्ने भए पनि त्यस्तो नभएको भन्दै उहाँले बजेटले लिएको आर्थिक वृद्धिदर, विकास, रोजगारी सिर्जना गर्नेजस्ता विषय राम्रा विषय ल्याएको भए पनि कार्यान्वयन गर्न सक्छ कि सक्दैन भन्ने गम्भीर प्रश्न उठेको बताउनुभयो ।

बिपी कोइरालाले २०१५ सालमा गरीब जनतामा आधारित भएर दूरदृष्टिका आधारमा बजेट बनाउने गरिएको भन्दै उहाँले काँग्रेसको नेतृत्वको सरकारले ल्याएको बजेटले उदारीकरण र निजीकरणको मान्यताबाटै आर्थिक आधार बनेको बताउनुभयो । काँग्रेसका सफल अर्थमन्त्रीले ल्याएको बजेटले देशको बजेटको आधार वृद्धि भएको भन्दै गच्छदारले वायु सेवा, सञ्चार क्षेत्रलगायतका क्षेत्रमा काँग्रेसले लिएको तत्कालीन नीतिले नै ठूलो परिवर्तन भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया