Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – पर्वतको फलेवास नगरपालिकामा बाटो खन्दै गरेको एक्साभेटरमा अज्ञात समूहले आगो लगाएका छन् । गएराति ११ बजेको समयमा फलेवास नगरपालिका-५, खानीगाउँमा सडकमा रोकेको कुश्मा कन्ट्रक्सन प्रा।लि।को एक्साभेटरमा आगो लगाइएको हो ।

पेट्रोल खनाएर एक्साभेटरमा आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । आगालागीबाट एक्साभेटर पूर्णरुपमा क्षति भएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले राति ११ बजे अज्ञात व्यक्तिले एक्साभेटरमा आगो लगाएको बताउनुभयो ।

जैमिनीघाटबाट बाटो चक्लाबन्दी गर्दै झकलाकसम्म पुर्याएर रोकिराखेको एक्साभेटरमा आगो लगाइएको हो । फलेवास नगरपालिकाले प्रदेश राजधानीसम्म जोड्नका लागि फलेवासबाट सडकलाई ११ मिटर फराकिलो बनाउने कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया