Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को नवौं संयुक्त बैठक आगामी असार १५ र १६ गतेका लागि तय भएको छ । समूहलाई तोकिएको २ वर्षे कार्यअवधि आगामी असार तेस्रो साता सम्पन्न हुने भएकाले त्यसअगावै बैठक हुने भएको हो ।

आलो-पालो एक-अर्को मुलुकमा बैठक बस्ने प्रावधानअनुसार नवौं बैठक काठमाडौंमा हुने निधो भएको समूहको नेपालस्थित सचिवालयले जनाएको छ । यसअघि यही जेठ १८ र १९ गते हुने निधो भएको बैठक भारतीय पक्षले एक साताअघि स्थगित गरेको थियो । तोकिएको कार्यअवधि अन्तिम चरणमा पुगेकाले दुवै मुलुक विस्तृत प्रतिवेदन तयार पार्ने कार्यमा केन्द्रित रहेका छन् ।

दुवै मुलुकबीच विभिन्न समयमा भएका सन्धि-सम्झौता पुनरावलोकन गरी दुवै सरकारलाई सुझाव दिन गठित समूहले सन् १९५० को शान्ति तथा मैत्री सन्धि, जलस्रोत, खुला सीमा व्यवस्थापन, व्यापार, पारवहनलगायतका विषय टुंगो लगाउन पटक-पटक छलफल र बैठक गरेको छ । १९५० को सन्धि पुनरावलोकन गर्न यसअघि नै भारतीय पक्ष लचक भइसकेको छ।

तपाईको प्रतिक्रिया