Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – विगत लामो समयदेखि जापानको नगोयामा बस्दै आउनुभएका नेपाली गीत संगीतको क्षेत्रमा छुट्टै स्थान बनाउन सफल गायक श्याम शितलले पछिल्लो समय अत्यन्तै मार्मिक लोक तथा दोहोरी गीत मट्टितेल र सलाइको म्युजिक भिडियो यूट्यूवमार्फत सार्वजनिक गर्नुभएको छ ।

बाध्यताले विछोडिएका प्रेमी-प्रेमिकाबीको पीडालाई अत्यन्तै मार्मिक शब्दले उतारिएको यस गीतमा रविन लामिछानेको शब्द छ भने लय श्याम शितल तथा स्वर पनि स्यम श्याम शितल र पूर्णकला बिसीको रहेको छ । गीत अडियोमा सुन्दा जति मार्मिक छ, म्युजिक भिडियो पनि उत्तिकै मन छुने बनेको छ ।

उत्कृष्ट म्युजिक भिडियो निर्देशन गरिसक्नु भएका स्‍मृति तिमील्सिना (गुरुआमा)को उत्कृष्ट निर्देशन रहेको यस भिडियोमा अन्जन हरि र सगुन शाहिको अभिनय देख्न सकिन्छ । यस्तै म्युजिक भिडियोको दुर्गा पौडेलले छायांकन तथा नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया