Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने सहमति भएको ६ दिन भएको छ । तर, अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मन्त्रालयको टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो ।

फोरमले परराष्ट्र र सहरी विकास मागेको छ । नेकपाले भने फोरमलाई स्वास्थ्य र सहरी विकास मन्त्रालय दिन चाहेको छ । स्रोतका अनुसार मन्त्रालयको विषयमा नेकपा र फोरमबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो ।

त्यसैबीच प्रधानमन्त्रीको सचिवालयका अनुसार फोरमले मन्त्री बन्नेको नाम बुझाए आजै मन्त्रिपरिषद विस्तार हुने सम्भावना छ । गत जेठ १४ गते सत्तारुढ दल संविधान संशोधन गर्न तयार भएपछि प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादववीच २ बुँदे सहमति भएको थियो ।

किन जाँदैछन् सरकारमा ?
सहमतिमा फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिको आधारमा संविधान संशोधन गरेर अगाडि बढ्ने उल्लेख छ । नेकपाका एक नेताका अनुसार ‘सहमति लगत्तै फोरमले सरकारमा जाने मन्त्रिहरुको नाम दिने र सकभर बजेट ल्याउदा नै फोरम सरकारमा सामेल भइसक्ने गरी कुराकानी भएको हो तर, अहिलेसम्म उहाँहरुले आफ्नो तयारी नसकेर नै सपथमा ढिलाइ भएको देखिन्छ ।’

तपाईको प्रतिक्रिया