Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईले अहिलेको बजेट जरामा होइन पातमा पानी हाले जस्तो भएको टिप्पणी गर्नुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा २०७५-७६ को बजेटमाथि धारणा राख्दै उहाँले भन्नुभयो, ‘देश संघीयतामा गए पनि बजेट भने केन्द्रमै सीमित रह्‍यो । यसले देशको विकास हुँदैन । अहिले पनि परम्परावादी नै भयो ।’

उहाँले वामपन्थी सरकारको महत्वाकांक्षा मात्रै बाडेको तर विकासको पूर्वाधार केही पनि नबनाएको भन्‍दै प्राथमिकतामा पूर्वाधार राख्‍न आग्रह गर्नुभयो । बैंकिङ क्षेत्रमा साहु जस्ता भएकाले यसले विकास निर्माणमा कुनै फड्को नमार्ने बताउनुभयो । नेपालको पहिलो प्राथमिकता सडकमार्ग, दोस्रो हवाइ मार्ग र तेस्रो मात्रै रेल र पानीजहाज भएको भन्दै उहाले सरकारले गज्‍याङमज्‍याङ रुपमा बजेट छुट्ट्याएको आरोप समेत लगाउनुभयो ।

यस्तो बजेटले प्रधानमन्त्रीले भने जस्तो २ वटा पाईलटले हाँकेको जेट प्लेन उड्न नसक्ने र सम्वृद्धिको गन्तव्य पुग्न नसकिने दाबी गर्नुभयो । बजेटले न पूँजीवाद न त समादवादको अवधारणालाई अबलम्बन गर्न सकेको भन्दै उनले सरकारले आसेपासे पूँजीवादको प्रश्रय दिन खोजिएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया