Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं नेपाल तरुण दलका अध्‍यक्ष जीतजंग बस्‍नेतले कम्‍युनिष्ट सरकारको आडमा प्रहरी प्रशासन कांग्रेसलाई कमजोर बनाउने षडयन्त्रमा लागेको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सुनसरीमा बोल्‍दै अध्‍यक्ष बस्‍नेतले प्रहरी प्रशासनले सिजन गुरुङको बेकसुरलाई जबरजस्ती कसुरमा परिणत गर्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘सिजन गुरुङलाई बिना कसुर २५ दिन थुनामा राख्‍नु प्रहरी र प्रशासनको लाचारी हो । बिना कसुर थुनामा नराखी रिहाइको माग गर्दछु ।’ उहाँले सुनसरी तरुण दलका नेता सिजन गुरुङ हिरासतमा हुनु भनेको तरुण दल नै हिरासतमा भएको सरह हुनु भएको बताउनुभयो । ‘अब कम्‍युनिष्ट सरकारले तरुणका युवालाई सधै हिरासतमा राख्छु भने नसोचे हुन्छ । किनकी यही कांग्रेसले राणा, राजा फालेको सम्झे हुन्छ’ उहाँले भन्नुभयो ।

उहाँले कम्‍युनिष्ट सरकारको अत्‍याचार कुनै पनि हालतमा कांग्रेस र तरुण दलले सहेर बस्‍न नसक्‍ने बताउनुभयो । उहाँले यदि प्रहरी प्रशासनको आडमा सरकारले जबर्जस्ती युवाहरुलाई इन्काउन्टर गर्ने सोच बनाएको भए त्‍यो सपना मात्र हुने चेतावनी दिनुभयो । जनताले यसअघि धेरै अन्‍याय र अत्‍याचारका लागि लडिसकेकाले अब पनि लड्‍न पछि नपर्ने उहाँले जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया