Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र भारतबीच खेल भइरहेको छ । नेपालले बंगलादेशलाई र भारतले भुटानलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।

नेपाल फाइनलमा भारतलाई हराउँदै समूह चरणमा ब्यहोरेको हारको बदला पनि लिने दाउमा छ । नेपालका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले समूह चरणमा गरेको गल्ती नदोहोर्याउने बताउनुभयो । सेमिफाइनलमा बंगलादेशलाई ४-२ गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । यता, भारत पनि भुटानलाई ३-० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

समूह चरणमा भने भारतसँग नेपाल २-१ गोलअन्तरले पराजित भएको थियो । प्रतियोगितामा अपराजित रहेको भारत निकै बलियो टोली हो । समूह चरणको खेलमा भारतले मल्दिभ्सलाई ९-० गोलअन्तरले पराजित गरेको थियो । नेपालले पनि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६-० गोलअन्तरले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया