Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । सुपर कपको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको एल क्लासिकोमा बार्सिलोनालाई २–० ले हराउँदै समग्रमा ५–१ को जितसहित रियल मड्रिडले उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा रियल मड्रिडलाई जिताउन मार्को एसेन्सिओ र करिम बेन्जिमाले गोल गरे । बार्सिलोनाको मैदान क्याम्प नाउमा भएको पहिलो लेगमा रियल मड्रिड ३–१ ले विजयी भएको थियो ।

पहिलो लेगमा रातो कार्ड पाएका कारण रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो दोस्रो लेगमा खेलेका थिएनन् । तर रोनाल्डो बिना रियल मड्रिडले दोस्रो लेगमा पनि बार्सिलोनालाई हराउन सफल भयो ।

बार्सिलोनाका लागि लियोनल मेस्सी र लुइस स्वारेजले गोल गर्ने केही मौका बनाए पनि त्यसलाई गोलमा परिणत भने गर्न सकेनन् । मेस्सी र स्वारेज दुवैले प्रहार गरेको बल क्रसबारमा लागेर फर्कियो ।

गएको सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको जिनेदिन जिदानको टिम रियलले नयाँ सिजनको सुरुवात सुपर कपको उपाधि जितेको खुशीका साथ गर्ने भएको छ । यस्तै रियल मड्रिडले दुई हप्ताअघि युइएफए सुपर कपको उपाधि पनि जितेको थियो ।

तपाईको प्रतिक्रिया