Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।

मेसेडोनियाको फिलिप द्वितिय एरिनामा मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेलको २४ औँ मिनेटमा नै अग्रता लिएको थियो ।

क्यासिमेरोले मड्रिडका लागि पहिलो गोल गरेका हुन् । रियल मड्रिडका लागि इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । युनाइटेडका लागि लुकाकुले ६२ औँ मिनेटमा गोल गरे । त्यसपछि दुवै टिमले पाएका अवसर सदुपयोग हुन सकेन ।

खेलमा ६३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको मड्रिडले युनाइटेडमाथि दबाब राखेको थियो । युनाइटेडले आउँदो आइतबार वेस्ट हाम युनाइटेडसँग र मड्रिडले आउँदो आइतबार नै स्पेनिस सुपर कपमा बार्सिलोनासँग खेल्दै छ ।

तपाईको प्रतिक्रिया