Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – वैदेशिक प्रशिक्षणका लागि जापान जान लागेको नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक योतुकु कोजीले मंगलबार एन्फा कम्प्लेक्समा जापान जाने २४ सदस्यीय टोली घोषणा गरेका हुन्।

जापान टोलीमा अधिकांश खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन। तर पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ र रोहित चन्द भने विदेशी लिगमा अनुबन्ध भएका कारण जापान जाने छैनन्।

टोलीमा ३ गोलकिपर, ९ डिफेण्डर, ७ मिडफिल्डर र ५ फरवार्ड छन्।

एसियन कप छनोट अन्तर्गत आगामी सेप्टेमबरमा घरेलु मैदानमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि नेपली टोली दश दिने जापान भ्रमणमा जान लागेको हो।

जापानमा नेपालले पाँच खेल खेल्नेछ भने प्रशिक्षण पनि गर्नेछ। यस्तै नेपाली टोलीले त्यहाँको जे लिग पनि हेर्ने कार्यक्रम छ।

नेपाली टोलीको जापान भ्रमणलाई जापानको विदेश मन्त्रालय र जापान फुटबल संघले व्यवस्थापन गर्नेछ।

नेपाली टोली

गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने

डिफेण्डर : विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, राजेन्द्र रावल, मान बहादुर तामाङ, दीनेश राजवंशी

मिडफिल्डर : विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बाल

फरवार्ड : अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, सुमन लामा

व्यवस्थापक : विराटजंग शाही

मुख्य प्रशिक्षक : योतुकु कोजी

प्रशिक्षक : राजुकाजी शाक्य

गोलकिपर प्रशिक्षक : उज्जवल मानन्धर

फिजियो : राजु दाहाल

इन्टप्रेटर : रोशन तुलाधर

तपाईको प्रतिक्रिया