Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं– एएफसी एसियन कप छनोट अन्तर्गत ताजिकिस्तान विरुद्ध हुने खेललाई मध्यनजर गर्दै नेपाली राष्ट्रिय पुरुष फुटबल टोली दश दिने प्रशिक्षणका लागि जापान जाने भएको छ।

नेपाली टोली आगामी अगस्ट ११ देखि २१ तारिखसम्म वैदेशिक प्रशिक्षणका लागि जापन जान लागेको अखिल नेपाल फुटबल संघ एन्फाका सिइओ इन्द्रमान तुलाधरले पुष्टी गर्नुभयो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योतुकु कोजी र टेक्निकल डिरेक्टर चियाकी ताकेदाको विशेष पहलमा जेएफएमार्फत जापानि राजदुतावासको सहकार्यमा नेपाली टोली जापानको ओसाका जाने भएको हो।

तुलाधरका अनुसार ओसाकामा रहदा नेपाली फुटबल टोलीले प्रशिक्षण गर्नका साथै केही फ्रेण्ड्ली म्याच समेत खेल्नेछ। ट्रेनिङसँगै फ्रेण्ड्ली म्याचहरु पनि खेलिनेछ।

ओसाकाको युनिभर्सिटी टीम, क्लब र उमेर समूहका टीमहरुसँग बढीमा ५–६ र घटीमा ४ खेल खेलिनेछ। जापानमा गएर प्रशिक्षण गर्न पाउनु र खेल्न पाउनु नेपाली टोलीका लागि राम्रो हुने तुलाधरले बताउनुभयो । जापान जस्तो विश्व पुटबलको स्तरिय देशमा गएर प्रशिक्षण गर्न पाउनु हाम्रो लागि धेरै राम्रो हुन्छ।

२४ जनाको फुटबल टीम तथा ६ जना अफिसियल गरे कूल ३० सदस्यीय टोली जापन जाने तुलाधरले बताउनुभयो । एसियन कप छनोट अन्तर्गत नेपालले आगामी सेप्टेम्वर ५ मा घरेलु मैदानमा खेल्दैछ। यसअघिका दुई मध्ये नेपालले एक खेल हारेको थियो भने एक खेलमा बराबरी नतिजा निकालेको थियो।

ताजिकिस्तान विरुद्धको खेलका लागि नेपालले यसअघि नै तयारी सुरु गरिसकेको छ।

तपाईको प्रतिक्रिया