Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

लोक तथा दोहोरी गायिका जुना श्रीस मगरले लोक पारखीहरका लागि नयाँ अति नै मर्मस्पर्षी एकल लोक गीत बैश ढल्काएर गयौ बजारमा ल्याउनुभएको छ ।

बाग्लुङ्गे कोइलीका नामले पनि परिचित गाइका श्रीसले नयाँ बर्षको शुरु मै क्षणिक प्रेमको नाटक गरेर अन्तमा धोका दिने र धोका खानेहरुको कथा ब्यथा र वास्तबिकतालाई समेटेर हालै यो गीत बजारमा ल्याउनुभएको हो ।

आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गर्नुभएको यो गीतमा जुनाको स्वर छ भने शब्द तथा लय संकलन भने खेम पुन मगरले गर्नुभएको छ । हाँस्ने रहर रहर मै सिमित कति चाँडै फेरियौ तिमी त मनमा आगो सल्काएर गयौ के थाहा मलाई निष्ठूरी धोका दिन्छौ भनेर ब्यर्थै बैश ढल्काएर गयौ ।

अत्यन्तै मर्म स्पर्षी शब्द संयोजन रहेको यो गीतको भिडियोमा समेटिएको गाउँले परिबेशले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो समय बनावटी प्रेमको जालमा परेर हाँसो खुसीहरुको धेरैको लुटिने गरेको समाजको वास्तवितलाई जुनाको यस गीतले चित्रण गरेको छ । ब्यवसायितको नाममा भड्किला र उत्ताउला गीतहरुले लोकसंगीतको बजारमा बिकृति बढाइरहेका बेला स्थानीय मौलिकतालाई समेत जुनाको यो गीतले न्याय गरेको छ ।

सधै रुन पर्ने त होला नी रुँदा रुँदै मर्ने त होला नी मनमा आगो सल्काएर
गीतको म्युजिक भिडियोमा गायिका जुना, मौलिक लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर र रेनु कुँवरले अभिनय गर्नु भएको छ । दुर्गा पौडेल को छायांकन तथा निर्देशन छ भने सम्पादन नबिन घर्ती मगरले गर्नुभएको छ । एडभेन्चर फिल्मस् प्रा.लिले निर्माण तथा बजार ब्यवस्थापन गरेको छ ।

गायिका जुनाका किन रुन्छौ ए न्याउली, आजमाया मसङ्ग तरक तरक छ, मनमा गहिरो घाउ छ के गरु, वारि घुम्टे पारी गाजा, यानिमायाको पन्चेबाजा, बाग्लुङको बजार सालैजो, यो मन किन रुन्थ्यो, दङ खाएको छु जस्ता थुप्रै गीतहरु चर्चित छन् ।

तपाईको प्रतिक्रिया