Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – एसिया कप फुटबल छनौटको आफ्नो पहिलो खेल खेल्न नेपाली फुटबल टोली आज फिलिपिन्स जाँदैछ ।

मंगलबार फिलिपिनसँग हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज राति साढे ११ बजे ड्रागन एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिनु भयो।

तुलाधरका अनुसार एन्फाका कोषाध्यक्ष विराट जंग शाहको नेतृत्वमा ३१ सदस्यीय नेपाली टोली फिलिपिन्स जान लागेको हो। नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स छन्। नेपालले होम एण्ड अवेका आधारमा तीन देशसँग ६ खेल खेल्नेछ।

समूहको विजेता वा उपविजेता बन्न सके नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।

तपाईको प्रतिक्रिया