Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

कैलाली – एमपि कप फुटवल प्रतियोगिताको उपाधि धनगढी उप–महानगरपालिका वडा नम्वर २० ले जितेको छ । सोमवार धनगढी रंगशालामा भएको उपाधि भिडन्तमा वडा नम्वर १ लाई ४–० ले पराजित गर्दै वडा नम्वर २० ले नगद ५१ हजारमाथि कव्जा जमाएको हो । सासद पुष्करनाथ ओझाको परिकल्पनामा सुरु भएको एमपि कप अन्तर्गतको फुटवलमा वडा नम्वर २० लाई च्याम्पीयन वनाउन वादल पाख्रीन नायक वन्दै उनले ह्याट्रिक गरे ।

पहिलो हाफको २४ औं मिनेटमा गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका उनले दोस्रो हाफको ७० औं र ८० औं मिनेटमा गोल थप्दै ह्याट्रिक गरे । सानदार जितमा सुन्दर घिसिङले दोस्रो हाफको ५३ औं मिनेटमा एक गोल गरे । वडा नम्वर १ ले पाएका मौकाहरु सदुपयोग गर्न नसक्दा एक गोल पनि फर्काउन सकेन् । उपविजेतामै चित्त वुझाएको वडा नम्वर १ ले नगद २५ हजारमा चित्त वुझायो । फागुन ७ गतेदेखि सुरु भएको फुटवल प्रतियोगितामा वडा नम्वर १ का दिपेन्द्र वुढा उत्कृष्ट रक्षक, वडा नम्वर १ कै भिष्म भाट उत्कृष्ट खेलाडी, वडा नम्वर २० का तिर्थ कार्की उत्कृष्ट गोलरक्षक र प्रतियोगितामा १० गोल गरेका वडा नम्वर २० का वाद पाखूीन सर्वाधिक गोलकर्ता भए । उनीहरु सवैलाई नगद ५ हजार सहित पुरस्कार दिईएको छ । विजयी खेलाडीहरुलाई एक समारोहको आयोजना गर्दै पुरस्कार वितरण गरिएको हो ।

फुटवल खेलको समापन समारोहमा वोल्दै एमपि कपका परिकल्पनाकार सासद पुष्करनाथ ओझाले आगामी दिनमा एमपि कपलाई लिग आधारमा सञ्चालन गरी खेलाडीहरुलाई वर्षभरी नै खेल्ने वातावरण वनाउने र यसले देशलाई आवश्यक पर्ने खेलाडीहरु उत्पादन गर्न मदत्त गर्ने आशा व्यक्त गर्नुभयो । एमपि कप अन्तर्गतको भलिवल, क्रिकेट र उसुका प्रतिस्पर्धाहरु पनि केही समयपछि सुरु गरिने आयोजकले जनाएको छ । एमपि कपको हिसाव किताव पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरिने प्रतियोगिताका संयोजक वव्लु चौधरीले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया