Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

Nisha

काठमाडौं – ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालकी तेक्वान्दो खेलाडी निशा रावल पहिलो चरणबाटै बाहिरिएकी छन् ।
रियोस्थित कारिओका एरिना–३ मा सम्पन्न स्पर्धामा उनी चीनकी सुयिन झिङसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । महिलातर्फको ६७ केजीभन्दा माथिको तौल समूहमा २० वर्षीया निशा २२ वर्षीया चिनियाँ खेलाडी झिङसँग २–० अङ्कले पराजित भएकी हुन् । झिङ यो उमेर समूहमा विश्व च्याम्पियनसमेत भएको बताइएको छ ।
योसँगै जारी ओलम्पिक खेलेका नेपालका सबै सात खेलाडी बाहिरिएका छन् । नेपालका लागि अन्तिम खेल निशाले खेलेकी थिइन् । यसैबीच निशा ओलम्पिक खेल्ने दोस्रो महिला तेक्वान्दो खेलाडी भने भएकी छिन् ।
सन् २००४ मा सङ्गीना वैद्यले ओलम्पिकमा छनोट भएर पहिलोपल्ट ओलम्पिक खेल्न गएकी थिइन् । अहिले तिनै सङ्गीना निशाकी प्रशिक्षक हुन् । निशा भने ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिक खेलेकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया