Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं –भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा नभई काठमाडौंमै भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्न्भयो,‘नेपालको संविधान नेपालीले नै बनाएका हुन्। त्यसको कार्यान्वयनमा गतिरोध पनि नेपाली नागरिकले नै गरिरहेका छन्।

मधेसीहरुले सीमा नाकामा धर्ना गरेकोले आपूर्ति हुन नसकेको हो । यसकै आधारमा नेपालको आन्दोलनमा भारतको हात छ भन्नु गलत हो । नेपालको गतिरोधको साँचो दिल्लीमा होईन काठमाडौंमै खोज्नुपर्छ ।

साक्षात्कारमा जोलीले नेपाल र भारत सम्बन्धमा राजनीतिक एवम कुटनीतिक स्तरमा कुनै गतिरोध नभएकोले अहिले भारत नेपाललाई टुक्राउन चाहन्छ भनि नेपालका राजनीतिक दलहरुबाट आएका बक्तब्य भ्रामक भएको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया