Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा क्षेत्री समाज बेल्जियमको आयोजनामा गत बिहीबारका दिन लुभेन शहरमा अवस्थित रेष्टुरेन्ट डीएफसीको सभा हलमा दसैं बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि दसैं बिशेष कार्यक्रम संगै दसैंको टिका ग्रहण गर्ने कार्यक्रम समेत तय गरिएको थियो । नेपालमा रुपन्देहीको भैरहवा घर भइ बेल्जियम केर्बेर्गेंन सहरमा बसोबास गर्नु हुने बाबुराम शर्माका पुज्यनीय बुवा बर्ष ८९ (उनानब्बे बर्ष) का श्री नन्दराम खनालको हातबाट उपस्थित महानुभावहरुले टिका ग्रहण तथा आशिर्बाद लिएका थिए । साथै अन्य उपस्थित मान्यजनहरुबाट समेत टिका ग्रहण गरिएको थियो ।

कार्यक्रमा क्षेत्री समाज बेल्जियमका अध्यक्ष मोहन खत्रीले बिशेष अतिथिको रुपमा उपस्थित हुनुभएका नन्दराम खनाललाई संस्थाको तर्फबाट बिशेष सम्मान गरेका थिए भने प्रवासमा रहेर पनि नेपाल र नेपालीका बिबिध सांस्कृतिक कार्यक्रम अन्तर्गत दसैं, तिहार तथा नेपाली नया बर्ष लगायत बिबिध कार्यक्रमहरु बेल्जियमका नेपालीका माझ गर्दै आएको बताएका थिए ।

उपस्थित महानुभावहरुले टिका ग्रहण साथै एक आपसमा शुभकामना आदान प्रदान गर्दै खानपिन सहित मनोरन्जन लिएका थिए । ***
Belgium 1 Belgium 3 Belgium 2

तपाईको प्रतिक्रिया