साझा भवन निर्माण अभियानमा सहकार्य गर्न कोही नछुटौं
टोकियो – एनआरएन भवनका लागि आर्थिक सहयोगको प्रतिबध्दता ब्यक्त गर्नुभएका जापानका विभिन्न सहरमा रहनुहुने सहयोगदाताहरुलाई रकम दाखिला गर्न एनआरएन जापानले अनुरोध गरेको छ ।
भवन निर्माणका लागि विभिन्न चरणमा भएका कार्यक्रममा आफुले कबोल गरेको सहयोग रकम एनआरएन जापानको हुलाक एकाउन्टमा जतिसक्दो छिटो दाखिला गर्न अनुरोध गरिएको हो ।
एनआरएन जापानका तर्फबाट कोषाध्यक्ष दीपक थापाले एक विज्ञप्ती प्रेषित गर्दै भवनको शिलान्यास समेत भईसकेको सन्दर्भमा निर्माण कार्य तदारुकताका साथ अगाडि बढ्ने योजना भएकोले आ-आफुले बोलेको सहयोग रकम यथाशिघ्र दाखिला गरी सहयोगी भूमिका निर्बाह गरिदिन अनुरोध गर्नुभएको छ ।
अघिल्लो साता एनआरएनका अध्यक्ष शेष घलेको प्रमुख उपस्थितिमा नागोया, ओसाका, फुकुओका र टोकियोमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । सो अवसरमा चार वटा सहरमा भएको कार्यक्रमबाट करिव ७२ लाख रुपैंयाको प्रतिबध्दता प्राप्त भएको थियो । उक्त रकम संकलन गर्नका लागि एनआरएन जापानले तत्परता देखाएको हो ।
साथै उक्त साझा भवन निर्माण अभियानमा हातेमालो गर्न छुट्नुभएका ईच्छुक महानुभावहरुले पनि सहयोग गर्न अर्थात कोही पनि नछुट्न एनआरएन जापानले हार्दिक अपिल गरेको छ । ***
Account No 10010-52370361
カイガイザイジュウネパ-ルジンカイ








