Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – ‘पहिलो पहिलो माया’, ‘सम्झि दिए पुग्छ’ लगायतका सफल चलचित्रमा अभिनित नायिका युना उप्रेतीलाई पितृ शोक परेको छ ।

तीन बर्ष अघि फिल्म उद्योगबाट टाढिएर अमेरिकामा बस्दै आएका युनाका बाबुले आत्महत्या गरेको खुलासा भएको हाे । माघ ८ मा संविधान आउन नसकेपछि उनले आत्महत्या गरेको खबर राष्ट्रिय समाचार समिति (रा.स.स.)ले जनाएको छ ।

६५ बर्षे युनाका पिता बिष्णु प्रसाद झापा गोलधापमा परिवारका साथ बस्दै आएका थिए । काँग्रेस र नेकपा एमालेले जसरी पनि माघ ८ मा संविधान जारी गर्छन् भन्दै बाजी समेत मारेका बिष्णुप्रसादले संविधान नआएपपछि विरिक्तएर आत्महत्या गरेको अनुमान स्थानियको छ ।

तर बिष्णुप्रसादले सुसाइड नोट चाँहि नलेखेको गोलधाप प्रहरी चौकीको भनाई छ । उनको आज नै कनकाई माईमा अन्त्येष्टि गरिएको छ ।

बिष्णुप्रसादका युना बाहेक एक छोरा र तीन छोरी छन् जसमध्ये युना अमेरीका बस्दै आएकी छिन् । युनाका दाई पनि बिदेशमै छन् ।

तपाईको प्रतिक्रिया