Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

आबुधाबी- नेपाली श्रमिकहरुले यूएईमा पहिलो पटक अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम आयोजना गरी मनाउने भएका छन् ।

केहि समय अघि स्थापना भएको नेपाली प्रवासी श्रमिक संघ यूएईले यहि डिसेम्बर १९ का दिन एक कार्यक्रमकाबीच प्रवासी श्रमिक दिवस मनाउन लागेको हो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस डिसेम्बर १८ मा पर्ने भएपनि शुक्रवारे छुट्टीको समय मिलाई १९ डिसेम्बरमा कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन् । खासगरी बढी परिश्रमयुक्त क्षेत्रमा कार्यरत श्रमिकहरुलाई समेट्ने उद्देश्यका साथ स्थापित संघको उक्त कार्यक्रममा सोहि प्रकृतिका श्रमिकहरुको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रममा भाग लिन अन्तर्राष्ट्रिय श्रमिक संगठन सदस्य बिन्दा पाण्डे र जिफन्ट नेपालका महासचिव बिष्णु लम्साल यूएई आउने भएका छन् । जिफन्ट नेपालको सहयोगीको भूमिका निर्वाह गर्ने गरी गत सेप्टेम्बरमा संघको गठन भएको थियो ।

कार्यक्रममा श्रमिकहरुको अवस्था, उनीहरुले भोगिरहेका समस्या, समस्या समाधानमा संघले खेल्न सक्ने भूमिकाको बारेमा चर्चा परिचर्चा हुने संयोजक नवराज बस्नेतले जानकारी दिएका छन् । त्यसैगरी कार्यक्रमलाई आकर्षक बनाउनका निमित्त सांस्कृतिक कार्यक्रम तथा श्रमिकहरुसँग सम्बन्धित नाटक पनि राखिने भएको छ । उक्त कार्यक्रमको सांस्कृतिक फाँटको जिम्मा प्रवासी नेपाली जनसांस्कृतिक मञ्च यूएईले लिएको र कलाकारहरु कार्यक्रमका लागि तयारीमा जुटेको मंचका अध्यक्ष बिमल अधिकारीले बताएका छन् ।

दुबईको मुसल्ला टावरमा अपरान्ह ४ बजेबाट शुरु हुने उक्त कार्यक्रममा आबुधबीको मुसफा, अलऐन, दुबईको सोनापुर, जेबेल अलि, अलकुज, शारजाह लगायतका स्थानबाट नेपाली श्रमिकहरु सहभागी हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया