Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

बैंकक – थाईल्यान्डमा रहेका नेपाली समुदायको एक प्रतिनिधिमण्डल र प्रधानमन्त्री सुशील कोइरालाबीच थाईलेन्डको राजधानी बैंककमा बिहीवार एक बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

एनआरएन थाईल्यान्डका अध्यक्ष खगेन्द्रराज ढकालको नेतृत्वमा उपस्थित १५ सदस्यीय उक्त प्रतिनिधिमण्डलले थाईल्यान्डमा रहेको नेपाली समुदायको अवस्था र नेपालको समृद्धिमा पुरयाउन सकिने योगदानहरुको विषयमा अन्तरक्रिया केन्द्रित रहयो। म्यान्मारमा सम्पन्न सरकार प्रमुखहरुको एक क्षेत्रीय सम्मेलनमा भाग लिएर नेपाल फर्कने क्रममा प्रधानमन्त्री कोइरालाले नेपाली समुदायलाई भेट्नुभएको थियो।

पुर्ख्यौली कागजातहरुको अभाबमा एनआरएनको सरकारी आइडी कार्ड लिनबाट बन्चित हजारौं नेपाली मुलका नागरिकहरुलाई सरकारी ऐनमा संसोधन गरी समेट्न प्रधानमन्त्री समक्ष अनुरोध गर्दै अध्यक्ष ढकालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाउनुभएको थियो।

एनआरएन थाईल्याण्डका उपाध्यक्ष दिलबहादुर थापाले कृषिको क्षेत्रमा नेपालमा लगानी भित्राउन आफु लागिपरेको बताउदै सरकारी नीति र लगानी मैत्री बनाउन माग गर्नुभयो।
त्यसैगरी अध्यक्ष ढकालले बिज्ञान र प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुको लागि बैदेशिक छात्रवृतिको एक परियोजना भर्खरै नेपाल भित्र्याई सकिएको र त्यसको कार्यन्वयनको लागि कुलपतिको हैसियतले प्रधानमन्त्रीको सहयोगको लागि पनि अनुरोध गर्नुभएको थियो। उहाले आफ्नो परियोजनाको बिस्तृत विवरणपनि लिखितरुपमा प्रधानमन्त्री समक्ष राख्नुभएको थियो।

प्रधानमन्त्री कोइरालाले थाईल्यान्डमा रहेको नेपाली समुदायले सुरु गरेका कार्यक्रमहरुमा आफुले सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो। सम्पूर्ण नेपालीहरुले आफ्नो क्षेत्रमा हासिल गरेका सिप र ज्ञानलाई नेपालमा भित्र्याई सहयोग गर्न आग्रह गर्दै त्यसका लागि सरकारले वातावरण तयार गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले एनआरएन थाईल्याण्डले उठाएका विषयहरुलाई गम्भीरतापूर्वक लिईने बताउनुभयो। शिक्षा र व्यापारको क्षेत्रमा थाईल्याण्डमा रहेका नेपाली समुदायले सहयोग गर्न सक्ने पनि आफुले महसुस गरेको बताउनुभएको थियो।

नेपाली समुदायको इतिहासको विषयमा एनआरएन थाईल्याण्डका संरक्षक डेविड खनाल र नेपाली संस्कृतिको जगेर्ना गर्ने नेपालीहरुले खेलेको भूमिकाको बिषयमा थाई नेपाली संघका अशोक पण्डितले प्रस्ट्याउनुभएको थियो। कार्यक्रमको संयोजन कार्यवाहक नेपाली राजदूत डोरनाथ अर्यालले गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रधानमन्त्रीका विदेश सल्लाहकार दिनेश भट्टराईले पनि नेपालीहरुले गरेका कार्यहरुको प्रसंसा गर्दै आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रधानमंत्री एवम विदेशमन्त्रीलाई फूलका गुच्छा र खादाले सम्मान गर्दै नेपाली समुदायले सफल कार्यकालको शुभकामना पनि दिएको थियो। उक्त कार्यक्रममा एनआरएन थाईलेन्डका उपाध्यक्षहरु कुमार कार्की, धर्मेन्द्र सुबेदी, महासचिव केदारप्रसाद तिमिल्सिना, सचिव अरुणराज भट्टराई, युवा संयोजक दिपेश श्रेष्ठ र कार्यसमिति सदस्यहरु राज कर्माचार्य, विजय अवाले र बैंकक शाखाका सचिव गणेश खनाल र सदस्य शेखर पण्डितको पनि उपस्थिति रहेको थियो।

 

तपाईको प्रतिक्रिया