दुबई – दुबईको अल्कोज ईण्ड्रष्टियल एरिया भित्र रहेको डलुस्को सप्लायर्स कम्पनीमा कार्यरत दुई नेपालीबीच सामान्य विवादका क्रममा मोरङ बेलबारीका एक युवाको छुरा प्रहर गरि हत्या भएको छ ।
मोरङ बेलबारी घर भएका २५ बर्षिय सुरज राईले पाल्पाका चुराबहादुर मगरलाई छुरा प्रहार गरि हत्या गरेको त्यहि कम्पनीमा कार्यरत ओमनाथ प्याकुरेल र रतन सारुले जानकारी गराएका छन । प्याकुरेलले दिएको जानकारी अनुसार शुक्रबार बिदाको दिन दिउसो संगै तास खेलेका राई र मगर सांझ लेबर क्याम्प नजिकै रहेको चौरमा बसी मदिरा सेवन गरिरहेको अबस्थामा तासको लेनदेनको विषयमा विवाद हुन गई राईले मगरलाई छुरा हानी हत्या गरेका हुन । घटना पछि राईलाई कम्पनीले दुबई पुलिसलाई बुझाएको थाहा हुन आएको छ । दुबईमा कार्यरत बिदेशी कामदारहरु अल्कोज, सोनापुर, जवलअली लगायत लेबर क्याम्पहरुमा रहने गर्दछन र यस क्षेत्रमा गैरकानुनीरुपमा सस्तो कमसल मदिरा बिक्रि वितरण हुनेगर्दछ। युएईमा बिदाको दिन हरेक बिहिबार बेलुकी देखि शुक्रबार नेपालीहरुले अत्यधिक मात्रमा मदिरा पिउने गरेको पाईन्छ।
बैदेशिक रोजगारीमा आउने कतिपय नेपालीहरु युएईको कानुन भन्दा बाहिर गएको देखिन्छ । नेपालीहरुको जमघट, भेला हुने पार्कहरुमा दिन दाहाडै पेप्सी र जुसका बोतलहरुमा रक्सी भेटिने गरेका छन भने लेबर क्याम्पहरुमा एक बर्षसम्म गरेको कमाई एकै दिनमा तासमा फाल्ने गर्दछन त्यसैले फेरि पनि यस्ता घटना नदोहोरिएला भन्न नसकिने अबस्था रहेको बताईन्छ।***








